थप १९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि २४ जनाको मृ,त्यु
भदौ ६, काठमान्डौ – गत पछिल्लाे २४ घण्टामा नेपालभरीबाट १९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५१६ जनामा कोरोना परीक्षण भएकोमा १९२० जनामा संक्रमण पुष्टि भएको हो।यस्तै गत २४ घन्टामा २४ जनाले कोरोनाका कारन ज्यान गुमाएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४७ हजार ४३३ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८० हजार २०९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ भने मृतकको संख्या १० हजार ५०९ पुगेको छ । हाल देशभर ३८ हजार ७५१ सक्रिय संक्रमितका बिरामीहरु रहेको मन्त्रालयले जनाएको छ ।