रंग दर्पणको खबरदारीले तामे नौमुले सडक सफा गरियो

काठमान्डौ – दैलेखको नौमुले गाउँपालिका अन्तर्गत तामे नौमुले सडक आज गाउँपालिकाले सफा गरेको छ ।उक्त सडकको हालतको विषयमा रङ्ग दर्पण अन्लाईन पत्रीकाले समाचार सम्प्रेषण गरेपछि गाउँपालिकाले सडक सफा गर्न बाध्य भएको हो ।

एक महिना अघि देखी माथीबाट आएको पहिरो र खोल्साको भलपानीले ल्याएको गग्रेटो ढुङ्गा सडकमा थुप्रो लागे पछि सडकको अवस्था साह्रै बिग्रेको थियो भने उक्त सडक सफा गर्ने गाउँपालिकाले कुनै चासो देखाएको थिएन ।

lekbesi

गाउँपालिकाको जिम्मेवारी भित्र पर्ने सडक सफा गर्ने काम गाउँपालिकाले नगरे पछि सर्वसाधारण जनताको व्यापक गुनासो आएको थियो । सवारी साधनमा यात्रा गर्ने जनताको लागी तामे नौमुले सडक मृत्युलोकको यात्रा जस्तै भएको थियो ।

दिगो र परिणाममुखी विकासको नाममा सिन्को नभाचेको यस गाउँपालिकालाइ जनता र विकास प्रति जिम्मेवार र संबेदनसिल बनाउन रंग दर्पणले गरेको खबरदारीलाई स्थानीय जनताले तारिफ गरेका छ्न।

यस नौमुले गाउँपालिकाको सरकारले गरेका गलत र गैरजिम्मेवार कुनै पनि कामको विरुद्ध समाचार नलेखी केहि मिडियाकर्मिहरु सरकारको लाज र बेइमानीको कर्तुत ढाकछोप गर्ने पेटिकोटको रूपमा प्रयोग भएको देख्दा गाउँपालिकाको दानापानीले पालिएका केहि पत्रकारसंग आक्रोशित हुँदै अब त्यस्ता मिडियालाई निषेध गरिने भन्दै रङ्ग दर्पण अन्लाईन पत्रीकाको स्थानीय हरुले खुलेर प्रशंसा गरेका छन ।

शक्ति र सत्ताको चाकरीबाट पेट भर्ने गलत र भ्रष्टहरुको डम्फू बोकेर हिंड्नु भन्दा आफ्नै मेहनतको पसिनामा स्वाभिमानीभै जिउने आदतको विकास हाम्रा केहि युवा साथीहरूले गरिदिने हो भने एकै रातमा झुपडीबाट महलमा पुग्ने गलत राजनीति सस्कारलाई बढार्न धेरै समय लाग्दैन ।

जनता सचेत र जागरुक हुने हो भने हाम्रो र हाम्रा सन्ततिको भाग्य र भविष्य लुट्ने सस्थागत राजनीतिक गिरोहको झुन्ड भित्र आगो लागेको दिन हेर्न कुनै साइत पर्खिनुपर्दैन भन्ने उदाहरण यो परिणामले दिएको छ ।