दैलेखको नाैमुलेमा क्वारेन्टाइन घेरबार र ब्यवस्थापनको ज्याला स्थानीयले डेढ बर्ष बितिसक्दा पनि पाएनन

काठमान्डौ- दैलेखको नाैमुले गाउँपालिका वडा नम्बर ६ सल्लेरीमा डेढ बर्ष बितिसक्दा पनि जनताले क्वारेन्टाइनको लागि उपलब्ध गराएको तरकारी लगायत अन्य सामाग्री र निर्माण कार्य गर्दाखेरीकाे परिश्रम अझै पाउन सकेका छैनन् ।

विश्वभरी फैलिएको कोरोना भाइरस महामारीलाई नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले २०७७ मा देशैभरीका विद्यालयहरुलाई क्वारेन्टाइनको रूपमा प्रयोग गरेको थियो। कोरोना जोखिम देशभर बढेसंगै यस भाइरसबाट दैलेख पनि अछुतो रहन सकेन।

दैलेखको नाैमुले गाउँपालिका ६ सल्लेरी स्थित श्रि शिवशक्ति माविलाई क्वारेन्टाइनको रूपमा प्रयोग गरिएको थियो।क्वारेन्टाइन ब्यवस्थापन समितिको संयोजक नेपाली कांग्रेस निकट तरुण दलका जिल्ला अध्यक्ष तथा शिवशक्ती मा.वि. ब्यवस्थापन समिति अध्यक्ष लालबहादुर चन्द लाई बनाइएको थियो।

lekbesi

उक्त क्वारेन्टाइन घेरबार र ब्यवस्थापन गर्न लालबहादुर चन्दको नेतृत्वमा स्थानीय जनताहरुलाई दैनिक १,००० रुपियाँ ज्याला दिने सहमतिमा लगाइएको थियो। क्वारेन्टाइन घेरबारको लागि स्थानीयबाट २०० रुपियाँका दरले बाँस समेत खरिद गरिएको थियो।

एक वर्ष समय बितिसक्दा पनि अझैसम्म जनताले पारिश्रमिक तथा तरकारी,दाउरा र घेरबार गर्दा बेचेकाे बाँसकाे पैसा पाउन सकेका छैनन्।उक्त बिद्यालयमा गत बर्षकाे पहिलो काेराेना लहरमा मिति २०७७ साल जेष्ठ १७ गते क्वारेन्टाइन निर्माण गरि १८ गतेदेखि भारत तथा नेपालकै अन्य ठाउँबाट अाएका नागरिकहरुलाई राखिएको थियोे।

शिवशक्ति माविका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्रि लालबहादुर चन्द नै उक्त क्वारेन्टाइन ब्यबस्थापन समितिका पनि अध्यक्ष बनेका थिए। उनलेे निर्माण गर्दा पनि दैनिक लेबर ज्याला प्रतिब्यक्ति रु ५०० का दरले दिने भनेका थिए तर त्याे रकम अहिलेसम्म दिईएकाे छैन।

एक मजदुरले भने,मैले भनेकाे हाे भनेपछि मलाई कुटपिट हुनसक्छ मेराे नाम नबताईदिनुहाेला उनले भने, त्यस्तै तरकारीकाे पैसा पनि नपाएकाे गुनासाे स्थानीय बासिन्दाले गरेका छन अाफुहरुले लसुन ,प्याज,टमाटर ,अालु तथा मासु पनि दियौं पैसा १५ दिन पछि मिल्छ भनेर स्वयम् लालबहादुर चन्दले भनेका थिए।

तर दुई बर्ष बित्न लाग्दापनि अझै कुनै वास्ता छैन,मैले तरकारीकाे पैसा अाएन सर भनेर साेद्धा मैले दिम्ला त भनेकैछु के खाए भनेछु र? भन्दै उल्टै मलाई धम्काए र नदिएको प्रचार गरे कुटपिट गर्ने धम्की दिएको पनि नाम नखुलाइदिने सर्तमा एक स्थानीय बताए ।,

त्यस्तै उक्त ठाउँमा दाउरा उपलब्ध गराउने एक स्थानीय बासिन्दाले पनि २०० भारि दाउरा दिएका थिए। भारिकाे ३०० काे दरले दिउला भन्नू भएकाे थियोे ,अहिलेसम्म कुनै वास्था छैन र यहि साउनको महिनामा (मेरी घरिना कन डाकि त्यस स्कुलका माईठर मान बादुरले १,०००० रुपैयाँ दिएको र बाँकी रकम मलाई थाहा छैन उनलेे बताए।

उक्त क्वारेन्टाइनका लागि ब्यस्थापन खर्च भनेर गाँउपालिकाले रु ३ लाख छुट्टयाइएको भनिएकाे छ र ब्यबस्थापन समिति अध्यक्ष लालबहादुर चन्दको खातामा गतसाल नै रकम भुक्तानी गरिएको कुरा गाउँपालिकाले बताएको छ।

उक्त घटनाको बारेमा साेद्धा गाउँपालिका र वार्ड पालिकाले पनि अाफुहरु दबाबमा परेको कुरा खुल्नअाएकाे छ । उक्त रकम कहाँ गयो भन्ने बिसयमा एक स्थानीय बुद्धिजिवि लाई सोध्दा लालबहादुरले सालकोमा एक महिला संग गरेको अनैतिक यौनकार्यमा र नौमुले बजारमा मदिरा पिएको पसलमा तिरेको हुनसक्ने बताए ।

उनले अगाडि थप्दै भने उनका तिनवटा श्रीमती हुन उनिभन्दा आधा उमेर कम भएकी कान्छी श्रीमतीले उनलाइ छोडेर अन्तै बिहे गरिसकिन अझै उनका साथमा दुई श्रीमती रहेका छन् । उनी यौनको मामिलामा अनैतिक कार्य गर्ने एक नम्बर को ब्यभिचारी हुन उनले भने।

भ्रष्टाचार उनको लागि सामान्य हो ,राजनीतिक दाउपेजको आडमा दादागिरी गरेर स्थानीयहरु डरधम्की दिएर उनले सबैलाई कब्जा गरेका छन।उसले गरेका गलत हर्कतका बारे बोल्दा कुटाइ खाने डरले सबै चुप बस्छन उनले भने।

अर्का एक स्थानीय युवाले आक्रोश पोख्दै भने लालबहादुर जस्ता भ्रष्टाचारी र ब्यभिचारिहरुलाई जरै देखि नस्ट गर्नुपर्छ नत्र यस्तो खराब प्रवृत्ति ले आम जनता तथा सिङ्गो नौमुले सल्लेरी लाई बर्बाद गराउने बताए।उनले भने सल्लेरीमा भएको शिव शक्ति माध्यमिक विद्यालयमा छानवीन हुनुपर्छ त्यहाँ पनि उनकै साठगाठमा लाखौं रकम घोटाला भएको छ।

यसरी दुई बर्ष पुग्न लाग्दा पनि कुनै निकायबाट पहल नगरीनु सिङ्गो पालिका र नेपाली कांग्रेस पार्टीको पनि महत्त्वपूर्ण हात रहेको कुरा स्थानीय बासिन्दाकाे छ।