Simta
Simta
lekbesi

सक्रिय संक्रमितको संख्या ३३ हजार बढी

Gurvakot

काठमान्डौ- नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६५ हजार ९१४ पुगेको छ ।

गत २४ घन्टामा १ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि यो संख्या पुगेको हो। १० हजार ६५८ पीसीआर परीक्षणमा सो संख्या फेला परेको हो। यस्तै गत २४ घन्टामा एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ९९२ परीक्षणबाट ३८५ जनामा पोजिटिभ देखिएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ६५० परीक्षणमा २ हजार ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप १ हजार ८४६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ छ ।

lekbesi

यसतै नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृ,त्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ,त्यु हुने‍को संख्या १० हजार ७८६ पुगेको छ ।

Simta