स्वीट्जरल्याण्ड र ब्राजिल १–१ गोलको बराबरीमा रोकियो ,,
असार ४ – मस्को ,,२०१८ रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ को खेलमा स्वीट्जरल्याण्डले ब्राजिलसँग १–१ गोलको बराबरी खेलेको छ । स्वीट्जरल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई रोक्न सफल भएको हो ।
पहिलो हाफमा ब्राजिलले अग्रता लिएको थियो । ब्राजिलका लागि फिलिपे कौन्टिन्होले गोल गर्दै अग्रता दिलाएका थिए । रास्टोभ एरिनामा खेलको २० औं मिनेटमा कौन्टिन्होले सुन्दर गोल गर्दै अग्रता लियका थिए ।
ब्राजिलले पहिलो हाल्फमा गोल गरे पनि दोसो हाल्फमा कुनै खेलाडीले गोल हान्न भने सकेनन । स्वीट्जरल्याण्डका लागि स्टेभन जुबेरले खेलको ५० औं मिनेटमा गोल गर्दै बराबरीमा पुर्यायका थिए ।