संखुवासभा ह,त्या प्रकरणका ह,त्यारा सार्वजानिक यस्तो छ बयान
काठमाडौं- संखुवासभा मादी नगरपालिका,१, खोला गाउँका एकै परीवारका ६ जनाको ह,त्या गर्ने छिमेकी ह,त्यारा लोक बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेर पत्रकार सम्मेलन गर्दै सार्वजानिक गरेको छ।
लोकबहादुरले आफूले ६ जनालाई चिर्पटले हानेर ह,त्या गरेको स्वीकार गरेका छन्। उनि मृतक तेजबहादुर कार्कीका भतिजो समेत हुन् । प्रदेश १ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले आइतबार पत्रकार सम्मेलनमा अभियुक्त सार्वजनिक गर्दै ‘व्यक्तिगत रिसइवी’का कारण ह,त्या भएको बताएका छन् ।
गत सोमबार बिहान उम्लिङमा ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको विभत्स ह,त्या गरेको अवस्थामा शव फेला परेको थियो।

लामो अनुसन्धान पछि प्रहरीले लोक बहादुरलाई प,क्राउ गरेको हो। लोकबहादुर आक्रमण र झै झगडा गर्ने गर्थे अल्छी स्वभावका थिए। लोकबहादुरका हजुरबुवा र मृतक तेजबहादुरका बुबा बौद्धमान दाजुभाइ थिए ।
मृ,तक तेजबहादुरले उनलाई बेला बेलामा सम्झाउने र गालि पनि गर्ने गर्थे। लोकबहादुर पछिल्लो समय विदेश गएका थिए उनि बिरामी भएपछि फर्केर समेत आएका थिए र औषधि खाने गर्थे।
उनि नेपाल फर्कीएपछि विदेशमा काम गर्न नसकेको भन्दै आफूलाई मृ,तक तेजबहादुरले हेप्ने गरेको पनि लोकबहादुरली प्रहरी बयानमा दिएका छन्। उक्त हेपाई साहना नसकेर परिवारको ह,त्या गरेको उनले प्रहरी सामू बयान दिएको डीआईजी अरुण बीसीले बताए।
घटना भएको दिन तेजबहादुरले लोकबहादुर र उनका भाईलाई खेताला बोलाएका थिए। तर उनका भाई र बाबु घाँस काट्न गएका थिए भने लोकबहदुर घरमै थिए। बिहानै उठाउँदा लोकबहादुर रिसाए ,विगतका रिसले पनि आक्रोस भएका उनले तेजबहादुरलाई पछ्याउदै गएका थिए।
गोगनको रुख नजिक पुगेपछि उनले तेजबहादुरलाई चिर्पटले टाउकोमा हिर्काएको पाईएको हो। २/३ पटक हानेपछि तेजबहादुर ‘लोकेले मा¥यो’ भनेर कराएका थिए । त्यो सुनेर घरमा भएकी उनकी श्रीमती कमला र बुहारी रञ्जना दौडिँदै आए । त्यो देखेपछि लोकबहादुरले तेजबहादुरको शवलाई कान्लामुनि धकेलिदिए र काकी भएतिर गए ।
उनलाई पनि त्यही चिपर्टले हाने र खोल्सा तल झारिदिए । त्यो देखेर बुहारी रञ्जना बेहोस भएर ढलिन् । उनी उठ्दा नउ्ठदै लोकबहादुरले चिपर्टले हाने ।कमला र रञ्जनालाई पछ्याउँदै आएका दुई नाबालक दिपेन र गोमालाई पनि लोकबहादुरले लखेटी-लखेटी चिर्पटले हानेर ह,त्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
५ जनाको यसरि ह,त्या गरेपछि लोकबहादुर तेजबहादुरकै घरमा पुगे। हजुरआमा पार्वती कुँडो पकाइरहेकी थिइन् । लोकबहादुरले उनको टाउको भित्तामा बजारेर ह,त्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको डीआईजी बीसीले जानकारी दिएका छन् ।
ह,त्यापछि लोकबहदुर घरमा पुगेर घटनामा प्रयोग भएको चिर्पट कुँडो पकाउन बालेको आगोमा हालेको प्रहरीको भनाई छ। यो घटनामा थप अन्य कुनै व्याक्ति प्रयोग भएको वा नभएको प्रहरीले गंभिर अनुसन्धान गरिरहेको छ।
लोकबहादुरले भने आफूले एकलै नै ६ जनाको सामूहिक ह,त्या
गरेको बताएका छन्। घटनामा प्रहरीले लामो अनुसनधान समेत गरेको थियो। घरमा पैसाको लागि ह,त्या भएको हुनसक्ने भन्दै प्रहरीले बाहिरि व्याक्ति हुनसक्ने अनुमान गरेपनि त्यसो हुनसकेन।
मृ,तक तेजबहादुरको घरमा पैसा सुनका गर गहना घरमै थिए। स्थानीयमा सोध पुछ गर्दा लोकबहादुरले बयान फेरेका थिए त्यसपछि प्रहरीले उनलाई शंकाको घेरामा राखेको थियो। अन्तत लोकबहादुरले आफूले ह,त्या गरेको स्वीकार गरे।