surkhet

तीज कार्यक्रममा दुई समूहबीच झडप ४ जनाको टाउको फुट्यो अवस्था गम्भीर

surkhet

भदौ २७ धनगढी- कञ्चनपुरमा तीज कार्यक्रम मादक पदार्थ सेवन गरेर दुई समूहबीच झडप हुँदा ७ जना घाइते भएका छन् ति मध्य ४ जनाको अवस्थाम गम्भीर रहेको प्रहरीले जनाएको छ।

शनिबार राति ८ बजेको समयमा कृष्णपुर नगरपालिका१ को भेटघाट शिविरमा तीज कार्यक्रममा झडप भएको ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज कर्णबहादुर बोहराले बताए।

Gorkha

उनका अनुसार कृष्णपुर नगरपालिका,१ का अन्दाजी २८ वर्षीय चन्द्रबहादुर धामी, अन्दाजी ३५ वर्षीय नरेन्द्र भण्डारी, ३८ वर्षीय नारायण दमाई र ६५ वर्षीय गोविन्द दमाई गम्भीर घाइते भएका छन् । उनीहरुको टाउकोमा गम्भीर चोट छ। उनीहरुको अहिले धनगढीमा उपचार भईरहेको छ।

Dailekh

त्यस्तै कृष्णपुर नगरपालिका,१ कै बलबहादुर डाँगी, मनोज खत्री र किसन खत्री सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

प्रहरीले कुटपिट गरेको आरोपमा कृष्णपुर नगरपालिका,१ का विजय भण्डारी र वडा नम्बर २ का प्रेम महरालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य व्याक्तिहरु फरार रहेकाले खोजी कार्य भइरहेको बोहोराले जनाए। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

salyan