Simta
Simta
lekbesi

थप ९११ जनामा कोरोनाभाइरस पुष्टि १३ जनाको मृ,त्यु

Gurvakot

काठमाडौं- गत २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

यसतै गत २४ घन्टामा थप १४२३ जनाले कोरोनालाई जितेर घर फर्केका छन्। नेपालमा कूल संक्रमितमध्ये ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भइसकेका छन् । कोरोना संक्रमणबाट थप १३ जनाको मृ,त्यु भएको छ यो संगै नेपालमा मृ,त्यु हुनेको कूल संख्या १० हजार ९४९ रहेको छ ।

हाल नेपालमा २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Simta