संसद कहिले चल्छ भन्ने प्रश्नमा प्रधानमन्त्री देउवाले भने ओलीलाई सोध्नु

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठक सुरु कहिले हुन्छ भन्ने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भएको बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले प्रधानमन्त्रीज्यू, संसद् यसरी नै कहिलेसम्म चल्छ भनेर प्रश्न गरेका थिए। जवाफमा प्रधामन्त्री देउवाले ओलीजीलाई सोध्नुहोला भनेर प्रतिक्रिया दिएका थिए।

आइतबारको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध गरेका थिए । एमालेको निरन्तर अवरोधपछि संसद वैठक चल्न नसक्दा सभामुख अग्निप्रसाद सापकोटाले भोलि सर्वदलिय बैठक बोलाएका छन् भने २९ गते सम्मको लागि बैठक स्थगित गरेका छन्।

lekbesi

एमालेले माधवकुमार नेपालसहित निष्कासन गरेका १४ जना सांसदलाई संसद् बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिन एमालेले अडान लिँदै आएको छ ।