गायिका विष्णु माझीको अवस्था बुझ्न प्रहरी पुग्दा ताला लगाएको भेटियो

भदौ २९,काठमान्डौ– चर्चित लोकदोहोरी गायिका विष्णु माझीको अवस्था बुझ्न स्याङ्जा प्रहरी टोलि अनुसंधानमा लागेको छ । उनको अवस्था बुझ्न प्रहरी टोलि गायिका विष्णु माझीको माइतीघर चापाकोट पुगेको हो।

तीज विशेष भन्दै माझीले गाएको ’चरी जेलैमा’गीतले पछिल्लो समय चर्चा मात्रै नभएर उनको निजी जीवन सार्वजनिक हुनुपर्ने बहस पनि चलिरहेको छ ।

धेरैले गीत उनकै जीवनको व्यथा भएको तर्क गरेका छन् । माझीले गाएको त्यस गीतमा उनकै श्रीमान् सुन्दरमणि अधिकारीले शब्द रहेको छ ।

lekbesi

राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरी गायिका माझीकाे अवस्था बुझ्न आग्रह गरेको थियो ।

आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरी टोली पठाएको जिल्ला प्रहरी स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए।

प्रमुख बोगटीका अनुसार घरमा कोही पनि नभेटिएको र तल्चा लगाएको अवस्थामा रहेको पाईएको छ । विष्णुका बाबुआमाको निधन भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा छन् ।

आयोगलाई गायिका विष्णु माझीको माइतीको अवस्थाबारे मौखिक जानकारी गराइ सकिएको छ एसपी बोगटीले भने ।

यसअघि पनि विष्णुबारे यस्तै चासो भएपछि स्याङ्जा प्रहरीले उनीहरूलाई बोलाएको थियो। २०७५ सालमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी माझीले आफू आफ्नै स्वेच्छाले यसरी जीवन बिताइरहेको बताएकी थिइन् ।
विष्णु माझीलाई हाल सम्म कुनै पनि कलाकारले नदेखेको बताउछन् । उनको स्वर गीतमा राखेपनि कुनै पनि लगानीकर्ता वा वरिष्ठ कलाकारले उनलाई देखेका छैन्न।

गीत गाउँदा विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीले नै लगानिकर्तासंग डिल गर्ने र पैसा बुझ्ने गरेका छन । माझीलाई स्टुडियोमा ल्याउदा उनको मुख छोपीएको र गीत गाउदा सिसा लगाउने वा कालो पर्दाले छोप्ने गरिन्छ ।

पछिल्लो समय सामाजिक संजालमा गायिका माझीलाई उनका श्रीमानले बन्धक बनाएर राखेको र न्याय दिलाउनुपर्ने भन्दै प्रचार भैइरहेको छ ।