जाजरकोटको खारा गेरेनीमा जीप दुघर्टना दुई जनाको मृ,त्यु पाँच घाईते

भदौ २९ ,जाजरकोट – जाजरकोटमा जीप दुघर्टना हुँदा दुई जनाको मृ,त्यु भएको छ। बारेकोट गाँउपालिका २ कि ३२ वर्षिय शान्ति रोकाय र अन्दाजी २५/३० वर्षको देखिने एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

बारेकोटबाट खलंगातर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बरको जीप नलगाड ५ को गेरेनी भीरमा दुघर्टना हुँदा दुई जनाको ज्यान गएको हो भने पाँच ५ जना घाईते भएका छन्।

घाईतेको इलाका स्वास्थ्य कार्यालय दल्लीमा उपचार भैरहेको छ। घाइते पाँच मध्य चार जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए। कच्ची सडकमा गाडीको व्रेक फेल हुँदा दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ। जीप सडकमा तिन चार बिल्डिङ्ग मारेर पल्टिएको अन्य यात्रुहरुले बताए ।

lekbesi