कर्णाली दैलेखमा विध्यालयमै शिक्षकको घाँटी रेटेर ह,त्या

दैलेख – कर्णाली प्रदेश दैलेखमा एक शिक्षकको घाँटी रेटेर ह,त्या गरिएको छ । गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर ह,त्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
४२ वर्षका शिक्षक बिसीको शव विध्यालयको बरन्डामा फेला परेको थियो ।सोमबार बिहान दूध पुर्‍याउन बजार जाँदै गरेका स्थानीयले शिक्षक बिसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए

उक्त, घटनाबारे अनुसन्धान सुरु गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएपनि थप विवरण भने दिइएको छैन ।

प्रहरीका अनुसार एक जना पसल संचालकलाई पनि नियन्त्रणमा लिईएको छ । सोमबार राती ११ बजे सम्म मृतक शिक्षक र केही व्याक्तीहरु उक्त पसलमा रहेको प्रहरीको भनाई छ । बिहान उनको शव फेला परेको हो ।

lekbesi