Gold

जोरपाटीबाट चार लाख ७४ हजारसहित २० जुवाडे प,क्राउ

Naumule Migrate

असोज २ ,काठमाडौं – काठमाडौंको जोरपाटीबाट चार लाख ७४ हजार रूपैयाँसहित २० जना जुवाडेलाई प्रहरीले प,क्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई शुक्रबार राति ११ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ जोरपाटीबाट प,क्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

विशेष सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेसहितको टोलीले जोरपाटीस्थित तिब्बतीयन क्याम्पभित्र तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपको घरबाट उनीहरूलाई प,क्राउ गरेको जनाएको हो।

उनीहरूबाट प्रहरीले चार लाख ७४ हजार रूपैयाँ बरामद गरेको छ। क्यासिनोमा प्रयोग हुने चार सय ६४ वटा कोइन, कौडा तथा विभिन्न बैंकका चेक पनि प्रहरीले बरामद गरेको छ। प,क्राउ परेकामाथि महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ।

Naumule Badhipahiro