गृहमन्त्री देखि अर्थमन्त्री सम्मको पदावती फैसला आज ,,
असार,४ काठमाडौं – आज राष्ट्रियसभाका ५९ सदस्यको भाग्य फैसला हुँदै छ । रास्ट्रीय सभाका अध्यक्ष तिमल्सिनाले पनि गोला तानेर आफ्नो भाग्य निर्धारण गर्ने छन् ।
गृहमन्त्री थापा बादल र अर्थमन्त्रि डा. युवराज खतिवडाको भाग्य फैसला पनि आजनै हुने छ ।गोला प्रथाबाट नै अबधि २,४,६ कति हुने भन्ने तय हुने छ।
अनौठो संयोग त के छ भने राष्ट्रियसभाका अध्यक्ष, सत्तापक्षको संसदीय दलका नेता र प्रमुख विपक्षी नेताबीच गोला तान्नमा पनि प्रतिस्पर्धा नै हुनेछ । प्रदेश चारबाट निर्वाचित खुला तीन सदस्यमध्ये तिमल्सिना अध्यक्ष छन् भने दिनानाथ शर्मा नेकपा संसदीय दलको नेता र सुरेन्द्रराज पाण्डे प्रमुख विपक्षी दलको नेता छन् ।
प्रदेश ३ बाट राष्ट्रियसभा सदस्य बनेका बादलसँगै नेपाली कांग्रेसका राधेश्याम अधिकारी र नेकपाका बलराम बास्कोटाले गोला तान्नेछन् । त्यस्तै अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रपतिबाट मनोनित तीन सांसदबीच गोला तान्नुपर्नेछ । खतिवडा,रामनारायण बिडारी र डा.बिमला राई पौडेलमध्ये कम्तिमा २ र बढीमा ६ वर्षको कार्यकाल हुनेछ ।