संखुवासभा मादी घटना रहस्यमय बन्दै थप ४ जना प,क्राउ

संखुवासभा – मादी नगरपालिका १, खोला गाउँका एकै परीवारका ६ जनाको हत्या काण्ड थप रहस्यमय बन्दै गएको छ।

गत भदौ २१ गते सोमबार बिहान उम्लिङमा ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको विभत्स ह,त्या गरेको अवस्थामा शव फेला परेको थियो।

प्रहरीको लामो अनुसन्धानपछि मृतक तेजबहादुर कार्कीका भतिज भनिने लोक बहादुरलाई कार्की पक्राउ परेका थिए। पक्राउ परेका लोकबहादुरले आफूलाई तेजबहादुरले पहिलेदेखिनै हेप्ने गरको भन्दै हत्या गरेको बताएका थिए।

तर एकै जनाले एकै पटक ६ जनाको निर्मम हत्या गर्ननसक्ने स्थानीय र प्रहरीको अनुमान रहयो। लोकबहादुरले ६ जनालाई चिर्पटले हानेर ह,त्या गरेको प्रहरीसामु बयान दिएका थिए। लोकबहादुरको बयानपछि प्रहरी त्यतै केन्द्रित भयो र उनका भाई नरेश कार्कीलाई पनि पक्राउ गर्यो।

पक्राउ परेका नरेश कार्कीसंग मृतक रञ्जनाको मोबाईल समेत प्रहरीले फेला पारेको जनाएको छ। लोकबहादुर र उनका भाइ नरेशसँगको बयानका आधारमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेर अनुसन्धान दागरेको जनाएको छ। पक्राउ परेकाहरुको नाम भने सार्वजानिक नगरीएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए।

रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो भने स्विच अफ रहेको थियो। अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो। घटनाबारे थप प्रमाण फेला परेपछि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी सहित ६ जनाको टोली घटना स्थल पुगेर पुनः अनुसन्धान सुरु गरेको छ। ‘

घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता भएको आशंकामा अनुसन्धान सुरु गरेका छौँ। थप रहस्य खुल्दैचाह ,कुन कुन व्याक्तिको समेत संलग्नता रहेको छ भन्ने खुल्द्दै छ जसको लागि हामीले गम्भीर अनुसनधान गरिरहेका छौ,एसपी राईले भने। यस्तै उनका अनुसार हेपाई गरेको भन्दै ६ जनाको हत्या कसरि भयो भन्नेमा हाम्रो अनुसन्धान जारि छ।

हत्या गरिएको घरका ९३ वर्षीय वृद्ध बौद्धमान कार्की भने सकुशन रहॆका थिए। उनले राम्रो संग कन सुन्दैनन् भने आँखा समेत देख्न सक्दैनन्।