प्रचण्ड पत्नी सीता दाहाललाई सुप्रसिद्ध प्रबल जनसेवाश्री विभूषण प्रदान

काठमाडौं – सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषित गरेको छ।

संविधान दिवसको अवसरमा दाहाललाई राजनीतिक अभियन्ताका रूपमा विभूषित गर्ने निर्णय गरिएको छ।मन्त्रिपरिषद बैठकको सिफारिसमा सीतालाई विभूषणबाट सम्मान गरिएको हो।

यस्तै सरकारले संविधान दिवसको अवसर मा ९ सय ३ जनालाई मानपदवी अलंकार र विभूषण पदक प्रदान गरेको छ।