नारायणगढ मुग्लिन सडक फराकिलो भयसंगै झन् दुर्घटना बढ्यो ,,

असार ४ – नेपालकै ब्यस्त सडक र सबै भन्दा बढी बन्द हुने सडक पर्छ नारानगढ मुग्लिन सडक ।,बारम बार पहिरो जाने र दुर्घटना हुने गरेको सडकमा अब भने झन् दुर्घटना हुन सक्ने सम्भावना निम्तियको छ ।, सडक फराकिलो र कालोपत्रे गरे देखि सवारी साधन तिब्र रुपमा आवत जावत गरेको देखिन्छ।
, मुग्लिनको मोडमा चालकले साना ठुला सवारी साधन तिब्र रुपमा हाकेको देखिन्छ ।तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए ।

उनको अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो । सो क्रममा तीव्र गतिमा सवारी चलाउने, मापसे गरेर चलाउने र ओभरटेग गर्ने ३५ जना चालकलाई नियन्त्रणमा लिइएको थियो । तीव्र गतिकै कारण आइतबार एउटा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुईजनाको मृत्यु भएको थियो ।

सडक कालोपत्रे गरि फराकिलो गरे पनि माथि बाट ढुँगा खस्ने र पहिरो आउने क्रम जारीनै छ ,। तेस्तै भर्खर बनेको पुल जिर्ण हुन सक्छ तेसैमा चालकले लापरबाही गरि गाडी हाक्नु दुर्भाग्य मानिन्छ।
