स्यानिटरी प्याडमा भन्सार महशुल बढाइएको छैन : अर्थ मन्त्रालय

काठमाडौँ- स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढेकोबारे बाहिर आएका खबर सत्य नभएको अर्थ मन्त्रालयले जनाएको छ । स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भन्दै आलोचना भएपछि अर्थ मन्त्रालयले स्पस्ट परेको हो।

स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको अर्थ मन्त्रालयले जनाएको हो।

बल्कि स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको छ। अर्थ मन्त्रीको सचिवालयले निकालेको प्रेस नोटमा उल्लेख छ ।

lekbesi