विदेशबाट तिम्रो नाममा कार्गो आएको भन्दै ५ लाख ठगी गर्ने पास्टर पक्राउ

काठमाडौँ- अनलाइनबाट ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय पास्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलगुडीका ३३ वर्षीय सन्दीप क्षेत्री रहेको महानगरीय अपराध महाशाखाको टोलीले जनाएको छ।

उनले संखुवासभाकी एक किशोरीलाई विदेशबाट तिम्रो नाममा कार्गो आएको र उक्त कार्गो लिन भन्सार शुल्क तिर्नुपर्ने भन्दै पोखरा र काँकडभिट्टाको बैंक खाता नम्बर दिएका थिए।
ती किशोरीले पैसा जम्मा गरेपछि क्षेत्रीले दुवै खाताको पैसा काँकडभिट्टामा आएर लिएर गएको प्रहरीको दाबी छ । उनलाई शुक्रबार पक्राउ गरेर काठमाडौं ल्याइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
