प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। संघीय संसदमा भईरहेको अवरोध हटाउनेबारे देउवाले बिहीबार १० बजे देउवाले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री देउवाले पहिलोपटक सर्वदलिय बैठक बोलाएका हुन्। बैठक सरकारी निवास बालुवाटारमा बस्नेछ । भोलिको सर्वदलिय बैठक मुख्यत् अहिले संसद्‌मा जारी अवरोध खुलाउने विषय नै प्रमुख एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संसदमा भएका दलहरुमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमै छन् । यस्तै एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रतिपक्षमा छन् ।

नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले गत २३ भदौबाट संघीय संसद्‌का बैठकहरुमा निरन्तर अवरोध पुर्‍याउँदै आएको छ । माधवकुमार नेपालसहित ती सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी खोलिसकेका छन्।