को बन्ला अखिल (क्रान्तिकारी) को अध्यक्ष ,चयनको जिम्मा प्रचण्डलाइ

असोज १६ ,काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

अहिलेका उपाध्यक्षहरूदेखि लिएर सबै अध्यक्षका सम्भावित दाबेदार नामहरूको चर्चा भएको छ । सबै समान क्षमता राख्छन् र कसलाई चयन गर्ने भन्ने जिम्मा अध्यक्षलाई दिइएको छ महराले भने ।

lekbesi

यस्तै बैठकमा पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव नेताहरुलाई अध्ययनका लागि दिइएको र अब बस्ने अर्को स्थायी कमिटीले बैठकले त्यसबारे निर्णय गर्ने पनि प्रवक्ता महराले बताए ।