३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण गोरेलाई १० बर्ष कैद सजाय
विराटनगर- ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई १० वर्ष कैद सजाय भएको छ।
जिल्ला अदालत मोरङले सोमबार‘गोरे’लाई अपहरण मुद्दामा कैद र १ लाख जरिवानाको फैसला सुनाएको हो। तस्करीको सुन हराएपछि गोरे समूहले मोरङ उर्लाबारीका शाक्यको हत्या भएको थियो।
असोज १९ गते अपहरण तथा शरीर बन्धक मुद्दामा गोरे मात्रै दोषी ठहर भए पनि अदालतले सजायको निर्धारण गरेको थिएन।त्यस्तै अदालतले कैदसँगै सनम शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति पनि गोरेले नै भर्नुपर्ने फैसला गरेको छ।
जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार गोरेलाई दुईवटा फैसला भएको छ। पहिलो मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक १ हजार रुपैयाँका दरले जम्मा १३ लाख ११ हजार रुपैयाँ शाक्यको परिवारलाई क्षतिपूर्ति भराउने फैसला भएको छ भने अर्को, गोरेको सजाय ह। स्रेस्तेदार राणाका अनुसार भने ‘जन्मकैद सजाय सुनाइएका गोरेको कैदमा अपहरण मुद्दाको सजाय भने जोडिने छैन।
२०७४ माघ ९ गते तस्करीको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरे समूहले फागुन १८ गते सनम शाक्यको ह,त्या गरेको दाबी सरकार पक्षको थियो। ठोस प्रमाण नभेटिएको उल्लेख गर्दै गत असोज १९ गते न्यायाधीश भरत लम्सालको इजलासले करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई सफाइ दिएको थियो।
सरकार पक्षले संगठित रूपमा तस्करी गरिरहेको समूहले राखेको खातापाता र प्रमाणका रूपमा पेस गरेकाले त्यसलाई प्रमाण मान्न नमिल्ने र ठोस प्रमाण नभेटिएको उल्लेख गर्दै अदालतले सफाइ दिएको थियो। सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो। तीमध्ये फरार २१ जनाको मुद्दा मुल्तबीमा छ।