प्रधानमन्त्रीको चीन भ्रमण : प्रसारण लाइन सम्झौता हुने

काठमाडौं :  प्रधानमन्त्री केपी ओली ६ दिने भ्रमणका लागि आज चीनको राजधानी बेइजिङ प्रस्थान गर्दै छन् । ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली चीन प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले भ्रमण क्रममा चिनियाँ राष्ट्रपति सी चिङफिङ, प्रधानमन्त्री ली खछियाङलगायत चीनका उच्चस्तरीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

 

नेपाली पक्षले दुई देशबीच यसअगाडि भएका सहमति कार्यान्वयनमा जोड दिने तयारी गरेको बतैयको छ ।नेपाल र चीनबीच अन्तरदेशीय सीमापार प्रसारण लाइनको संयुक्त अध्ययन र ऊर्जा सहायतासम्बन्धी सम्झौता हुने भएको छ । भ्रमणमा प्रधानमन्त्री ओलीले चीन सरकारसँग गरेका पुरानै १० बुँदे सहमति कार्यान्वयनमा जोड दिने भएका छन् ।

 

पुराना सहमतिसँगै ट्रान्स हिमालय नेटवर्कअन्तर्गत रेलवे, क्रस बोर्डर ट्रान्समिसन लाइन सडक मार्ग र यातायातका विषयलाई नेपालका तर्फबाट जोड दिइने बताइएको छ । यसै गरि ओली तिब्बतको राजधानी ल्हासा हुँदै असार १० गते नेपाल फर्कने कार्यक्रम रहको छ ।

lekbesi