के जापानले रोक्ला त रोड्रिगेजलाई ?

५ आसर काठमाडौँ ।  विश्वकप फुटबल २०१८ मा आज पनि ३ खेल हुदै छन् । पहिलो खेल मा चार वर्षअघि क्वार्टरफाइलनमा पुगेर सनसनी मच्चाएको कोलम्बिया एसियाली महारथी जापानसँग भिड्दै छ। खेल नेपाली समय अनुसार साझ पौने ६ बजे रसियाको मार्दोभिया एरिना स्टेडियममा हुनेछ।

सन् २०१४ को ब्राजिलमा भएको विश्वकप फुटबलमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जितेका प्लेमेकर जेम्स रोड्रिगेज कोलम्बियाका मुख्य खेलाडी हुन्। हाल बायर्न म्युनिकबाट खेल्दै आएका रोड्रिगेजबाट यसपटक पनि धेरै आशा गरिएको छ। आज को दोस्रो खेल मा भने ८:४५ मा पोल्याण्ड र सेनेगल खेल ने छन् । यसै गरि आज को आन्तिम खेल मा रसियाको पनि खेल रहयको छ।