१० खेलाडीमा सीमित कोलम्बियामाथि जापान विजयी
रुस विश्वकप २०१८ । जापान र कोलोम्बिया बीच को खेलमा जापान ले कोलम्बियालाई २-१ गॉल अन्तर ले हरायको छ । आजको पहिलो खेल सुरु भएको तीन मिनेटमै कोलम्बियाका कार्लोस सान्चेले रेडकार्ड पाएका छन्। डिबक्स भित्र हेन्ड गरेपछि अम्पायरले खेल सुरु भएको तीन मिनेटमै सान्चेलाई रेडकार्ड दिएका हुन्। यो नै रुस विश्वकपको पहिलो रेडकार्ड हो।
डिबक्समा हेन्ड गरेपछि रेडकार्डसँगै अम्पायरले पेनाल्टी दिएका थिए। पेनाल्टीमार्फत् खेल सुरु भएको ६ मिनेटमै जापानका सिन्जी कागवाले गोल गरेका हुन्। १० खेलाडीमा सीमित कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोले बराबरी गोल फर्काए ।
जापानका लागि युया ओसाकाले खेलको ७३ औं मिनेटमा विजयी गोल गरे । पहिलो हाफको तुलनामा दोस्रो हाफमा जापानले बलमा धेरै नियन्त्रण बनाएको थियो । खेलमा ६२ प्रतिशत समय बल जापानको नियन्त्रणमा थियो । समूह चरणको दोस्रो खेलमा १० गते जापानले सेनेगलसँग र कोलम्बियाले पोल्याण्डसँग खेल्नेछ ।