यो तिहारमा बत्ति जाँदैन झिलिमिली बनाउनुहोस :कुलमान घिसिङ

कार्तिक १७ ,काठमान्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्षको तिहारमा बत्ति नजाने झिलिमिली बनाउन आग्रह गरेका छन्।

घिसिङका अनुसार यस वर्षको लक्ष्मीपूजामा १५ सय मेगावाट उच्च माग पुग्ने अनुमान छ। मागभन्दा उत्पादन बढी नै भएकोले बत्ति नजानेमा ढुक्क हुन उनले बताए ।

तिहारको समयमा विद्युत बढी खपत गर्ने उद्योग, कलकारखाना लगायत बन्द हुने हुँदा कुलेखानी जलविद्युत आयोजना नचलाइएर पनि विद्युत् माग धान्न सकिने घिसिङले बताए।

हाल प्राधिकरणमा २ हजार मेगावाट बढी जडान भएको छ भने उत्पादन क्षमता १६ सय मेगावाट हाराहारीमा छ। विद्युतीकरणका लागि ट्रान्सफरमर, तार, मिटर जस्ता उपकरणहरू आवश्यक मात्रामा नभएकोले वितरण प्रणालीमा बत्ति आउने जाने गरेको कार्यकारी निर्देशक घिसिङले बताए।