surkhet

नेकपा एकीकृत समाजवादी पार्टी अवैध सम्बन्धबाट जन्मिएको पार्टी :योगेश भट्टराई

surkhet
  • काठमान्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीको कुनै गतव्य नभएको र अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन।
  • बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीको जसको ठेगाना पनि प्रस्ट नभएको बताएका हुन्।
  • यसतै उनले चितवनमा हुने पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई मात्र बोलाउने पनि बताए। अवैध सम्बन्ध र गर्भधारणबाट जन्मिएको एकीकृत समाजवादी पार्टीलाई बोलाइरहनु नपर्ने समेत प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।एमाले को दशौं राष्ट्रिय महाधिवेशन यही २०७८ मंसिर १०–१२ गतेसम्म चितवनमा आयोजना हुन गइरहेको छ।
  • दशौं महाधिवेशनमा विभिन्न मुलुकका पार्टीहरु, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टीहरु, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरु तथा आईक्याप (आईसीएपीपी)का स्थायी कमिटीका सदस्यहरुलाई निमन्त्रणा गरिएको भट्टराईले बताए । नेकपा (एकीकृत समाजवादी) भदौ ९ गते एमालेबाट औपचारिक रुपमा विभाजन भएको थियो ।
  •  
salyan