पोल्यान्डमाथि सेनेगल २–१ गोलले विजयी
विश्वकप फुटबलअन्तर्गत समूह एच को पहिलो खेलमा सेनेगलले पोल्यान्डलाई पराजित गरेको छ । पोल्यान्डमाथि सेनेगलले २–१ गोलको जित निकालेको छ । आत्मघाती गॉल पोल्याण्डले गर पछि सेनेगलको जित हात परेको हो । ३७ औं मिनेटमा सेनेगलले उपाहार स्वरुप १ गोल पाएको थियो । थिएगो सिओनेकले आत्मघाती गोल गरे पछि सेनेगल खेलमा हाबी भयको थियो ।
दोस्रो हाफमा सेनेगलले एक गोल गर्दा पोल्यान्डले पनि एक गोल फर्काउन सक्यो तर खेल आफ्नो पोल्टामा पार्न भने सक्न । खेलको ६० औं मिनेटमा बेय निएङले गोल गर्दै सेनेगललाई २–० गोलको अग्रता दिलाएका थिए । पोल्यान्डले एकपछि अर्को आक्रमक खेल खेलेपनि गोल गर्न भने सकेन । ८६औं मिनेटमा पोल्यान्डले गोल गर्दै २–१ गोलको स्थितिमा पुगयको थियो तर खेल मा फर्कन भने सकेन ।