Gold

आफूलाई विरोध गरेको भन्दै सल्यानमा वडाध्यक्षले स्थानीयलाई प्रतिबन्ध लगाए

Naumule Migrate

कार्तिक २७ ,सल्यान – सल्यानमा एक वडाध्यक्षले आफूलाई फेसबुकमा आलोचना गरेको भन्दै स्थानीयलाई सेवाबाट प्रतिबन्ध गरेका छन्।

बाघचौर नगरपालिका-४, का वडाअध्यक्ष प्रेमबहादुर पुनले सामाजिक सञ्जालमा आफूलाई ‘छोटे राजाको दमन’ लेखेको भन्दै स्थानीय सिमाखोलाका दिल बहादुर केसीलाई वडा कार्यालयबाट कुनै सेवा नदिने भन्दै विज्ञप्ति जारी गरेका छन् ।

उनले कुनै कानूनी कारबाहीका लागि प्रक्रिया नै नगरी सोझै सेवाबाट बञ्चित गरेका छन् । केसीले गरेका टिप्पणी अमर्यादित भएको भन्दै बिहीबार वडाध्यक्ष पुनले प्रेस विज्ञप्तिमार्फत केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट बन्चित गरिएको बताएका हुन् ।

छोटेराजाको दमनको संज्ञा दिइ, फेसबुकमा चरित्रहत्या गर्ने, अनआवश्यक शब्द आरोपहरु लगाइ भ्रमित पार्ने काम गरेकाले दिलबहादुर केसीलाई कम्जोरी नसच्यायसम्म यस वडा कार्यालयबाट दिइने सम्पुर्ण सेवामा वञ्चित गरिन्छ,’ वडाअध्यक्ष पुनद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

 

Naumule Badhipahiro