गोरखालाई दुई जिल्ला बनाउनुपर्ने बाबुरामको माग
गोरखा – समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखाको उत्तरी क्षेत्रलाई अर्कै जिल्ला बनाउन अभियान चलाउन स्थानीयलाई आग्रह गरेका छन ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले संविधानले नै विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर उल्लेख गरेकाले यो सम्भव रहेको पनि बताएका छन ।
भट्टराई पछिल्लो समययता स्थानीयसंग भेट् घाटको लागि गृह जिल्लाको भ्रमण गरिरहेका छन ।
उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ । संविधानमा विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको छ ।
अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुन्छ । जनताले बुझ्ने भनेको जिल्ला हो स्थानीयसंगको छलफलमा उनले भने।
भट्टराई गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सासंदसमेत हुन । उहाँले उत्तरी भेगका धार्चे, चुमनुव्री र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउन सकिने बताए। यसका लागि अन्य दलहरुले पनि साथ दिनुपर्ने उनको भनाई छ ।
आफ्नो सत्ता आफ्नो हातमा नभएसम्म र जनप्रतिनिधि आफैंले नचुनेसम्म जति चिच्याएपनि बिकास हुन नसक्ने भट्टराईको जिकिर छ ।
गोरखाको उत्तरी भेग निकै विकट रहेको छ । त्यहाँका स्थानीयहरुलाई सदरमुकाम धाउन र विभिन्न प्रशासनिक कार्यका लागि निकै झन्झट हुने गरेको छ ।