प्रधानन्यायाधीश जबरालाई श्रेष्ठले भने आफ्ना विचौलियालाई नियन्त्रणमा राख्नुस
कार्तिक २८ ,काठमान्डौ – नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आफ्ना विचौलियाहरूलाई नियन्त्रणमा राख्न आग्रह गरेका छन् ।
सर्वोच्चको भित्रपट्टीबाट मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै श्रेष्ठले भने तपाईंका बिचौलिया नियन्त्रणमा राख्नुस् । घुसपैठ गराएर आन्दोलनलाई असफल पार्ने चेष्टा नगर्नुस् ।
दुई सातादेखि आन्दोलनरत कानून व्यवसायीहरूले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएका छन् । गत शुक्रबार अदालतको बाहिरबाट मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरु आज भने अदालत भित्रैपट्टीबाट मूल गेटमा धर्नामा बसेका छन् ।

आन्दोलनको विरोधमा रहेका प्रधानन्यायाधीश जबराका समर्थकहरुले भने बाहिरबाट प्रदर्शन गरिरहेका छन् । यस्तै प्रधानन्यायाधीश जबराकको विरोधमा आज विभिन्न जिलाल्का कानुन व्यवसायीहरु आन्दोलरत बनेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले थालेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै राैतहटका कानुन व्यवसायीहरु पनि आन्दोलित भएका छन । त्यसैगरि पोखरामा पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायी आन्दोलित बनेका छन्।