surkhet

रौतहटमा जीप दुर्घटना चार भारतीय नागरिकको मृत्यु

surkhet

कार्तिक २८ ,रौतहट – रौतहटको यमुनामाई गाउँपालिका,५ झुनखुनुवामा भएको कार दुर्घटनामा चार जना अभारतिया नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको बिहार पुर्विचम्पारणस्थित पताहि बेतौना घर भएका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिम महतो र २८ वर्षीय अमित महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Gorkha

शनिबार राति सडक किनारको पानी जमेको खाडलमा जीप डुब्दा गएराति चारजनाको मृत्यू भएको थियो। युके १२ सी २९०० नम्बरको कार खाडलमा खस्दा चार जनाको मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए।

Dailekh

जिप पानीमा डुबेको अवस्थामा सिसा फुटाएर चार जनालाई प्रहरीले निकालेको थियो । श्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरि जीप चलाएको हुनसक्ने बताईएको छ। उनीहरु भारतको पताही बेतौना गाउँबाट देवाहि गोनाहि नपामा रहेका आफन्तको घरमा छठपर्वको प्रसाद पुर्‍याएर फर्किदै गरेको खुलेको छ।

salyan