मुस्ताङमा हिम पहिरो जाँदा भागा भाग केहि घाईते

कार्तिक २८ ,मुस्ताङ -मुस्ताङमा हिम पहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा निकै ठूलो हिम पहिरो गएको हो।
आज बिहान करिब ११ बजेर ४० मिनेटमा धौलागिरि हिमालको रेन्जबाट हिउँ पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले जानकारी दिए। धौलागिरिकै रेन्जबाट हिउँ पहिरो आएको छ।

पिकबाट हिउँ पग्लेर खसेको हो। भाग भाग गर्दा केहि व्याक्ति घाईते भएक छन्। अहिले सम्म मानवीय क्षतिको विवरण भने प्राप्त नभएको आधिकारिले रंग दर्पणलाई बताए।

हिउँ पहिरो आएको देखेपछि भाग्दा शिक्षकसहित ९ जना विद्यार्थी सामान्य घाइते छन् उनीहरुलाई उपचारको लागि जोमसोम लैजाने तयारि रहेको उनले भने। पहिरो गएको क्षेत्र चौरी चरन रहेको हुँदा केहि जनावर मरेको हुनासकने अधिकारीको भनाई छ। अहिले घटनास्थलमा प्रहरी पुगेको छ उनले भने।
