surkhet

चिनियाँ राष्ट्रपति शी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

surkhet

असार ६ ,चिन – चिनियाँ राष्ट्रपति शी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । शी र ओलीको राजनीतिक भेटघाट भएको हो । हिजो देखि चिन भ्रमणमा रहेका प्रधानमन्त्री ओली नेपाल र नेपालीको विकाशको हितको लागि आफ्नो भ्रमण रहेको बतायका छन्।

ओलीले भोलि चिनियाँ समकक्षी लि खछ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

Gorkha

यसअघि प्रधानमन्त्री ओली बेइजिङस्थित नेपाली दूताबासमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।
त्यस अवसरमा नेपाली र चिनियाँ लगानीकर्ताबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी ८ सम्झौता भएको थियो ।

Dailekh

दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका हुन्।

सो परियोजनामा हुवासिनले १४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्नेछ। सो परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ। धादिङमा रहेको चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उद्योग स्थापना गर्ने सम्बन्धमा यसअघि नै प्रारम्भिक सम्झौता भइसकेको छ।

salyan