व्यवसायीहरुमाथि प्रहरीको लाठीचार्ज एक वकिल बेहोस

मंसिर २,काठमाडां – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

प्रहरीको लाठी प्रहारबाट नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कन्द्रीय सदस्य प्रकाश महर्जन लगायत अन्य पनि घाइते भएका छन् । लाठी लागेर घाइते भएका महर्जन बेहोस भएका थिए ।

उनी केही छिनपछि होसमा आएका थिए ।प्रदर्शनमा उत्रिएका वकिहरु र प्रहरीबीच धेकलाधकेल हुँदा व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।

lekbesi

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजिनामा माग गर्दै व्यवसायीहरु लामो समयदेखि आन्दोलित छन ।
व्यवसायीहरु आज पनि सर्वोच्चको मुल गेट र वैकल्पिक गेटमा धर्ना दिएका छन।