surkhet

एमाले नेता पूर्वमन्त्री रघुवीर महासेठलाई आफ्नै कार्यकर्ताले लखेटेका छन्

surkhet

मंसिर,४ ,जनकपुरधाम- नेकपा एमाले नेता पूर्वमन्त्री रघुवीर महासेठलाई धनुषामा आफ्नै नेता कार्यकर्ताले नाराबाजी गर्दै लखेटेका छन्।महासेठले मनोमानी गरेको भन्दै प्रदेश सांसद समेत रहेका किशोरी साह ‘कमल’ सहितका नेताले शनिबार जनकपुरधाममा प्रदर्शन गरेका हुन् ।

पार्टीका स्थायी समिति सदस्य समेत रहेका महासेठले महाधिवेसन प्रतिनिधी छनौटमा मनोमानी गरेको भन्दै प्रदेश सांसद साहको नेतृत्वमा प्रदर्शन भएको हो ।

Gorkha

एमालेको प्रदेशका प्रमुख सचेतक समेत रहेका साहले भने महासेठले पार्टीमा तानाशाह बनेर महाधिवेसन प्रतिनिधी छनौट गरेका छन्। महासेठले आफ्ना आसेपासे र नातागोतालाई मात्रै महाधिवेसन बनाएका छन्’ त्यहीं कारण प्रदर्शनमा उत्रीएका हौ उनले भने ।

Dailekh

महासेठले गलत प्रक्रियाबाट छनौट गरेका प्रतिनिधि खारेज गरी योग्य तथा क्षमतावानलाई प्रतिनिधी बनाउन माग गरेका छन्। यस्तै साहले नेकपा माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेका नेताहरुलाई समेत बेवास्ता गरेको बताए ।

salyan