माओवादी केन्द्र निकट शिक्षक संगठनको अध्यक्षमा लालबहादुर पुन निर्वाचित

मंसिर,४ ,दैलेख – एकिकृत अखिल नेपाल शिक्षक संगठन नौमुले गाउँपालिका दैलेखको प्रथम अधिवेशन लाल बहादुर पुनको अध्यक्षता तथा संगठनका प्रदेश सदस्य सन्त खड्काको प्रमुख आतिथ्यता एवम् नेकपा माओवादी केन्द्र दैलेखका इन्चार्ज कर्णबहादुर बस्नेतको विशेष उपस्थितमा नौमुले बजार मा सम्पन्न भएको छ।

प्रथम अधिवेशनले अध्यक्षमा लालबहादुर पुन मगर ,वरिष्ठ उपाध्यक्षमा शिवलाल जैसी ,महिला उपाध्यक्षमा गङ्गा थापा जैसी , अन्य उपाध्यक्षहरुमा कलम बहादुर सिंह ,जिवनराज खत्री ,जिवराज शाही ,सचिवमा इन्द्रबहादुर सलामी ,सह-सचिव कर्ण बहादुर रोकाय ,कोषाध्यक्ष मोहन कुमार थापा मगर लगायत १९ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो ।