पोष्टमार्टम गर्न मुर्दाघरमा लगेका व्याक्ती जीउँदै डाक्टर र अस्पताललाई कारबाहीको माग

मुरादावाद: अस्पतालले मृतक घोषणा गरेका एक व्यक्ति जीउँदै रहेको खुलासा भएको छ। भारतको उत्तर प्रदेशस्थित मुरादावादमा सडक दुर्घटनामा परेका श्रीकेश नगरलाई तत्कालै अस्पताल लगिएको थियो।

ब्राइट स्टार अस्पताल पुर्‍याउँदा उनलाई हमसाईँ अस्पतालमा लैजान भनियो। तर त्यहाँ भेन्टिलेटर नभएको जानकारी पाएपछि विवेकानन्द पुर्‍याएका थिए।

त्यहाँ अस्पतालले मुटुको धडकन नचलेको भन्दै मृत घोषणा गरेका थिए।मृतक भनिएका श्रीकेशलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल पुर्‍याइयो।

‘मृतक’लाई जिल्ला अस्पतालको मुर्दाघरमा लगियो। सात घन्टापछि स्थानीय प्रहरी सनाखत गर्न प्रहरी पुग्दा ‘मृतक’को सास चलिरहेको थियो।

त्यसपछि तत्कालै अस्पतालको अप्रेशन थिएटरमा लगेर उनको उपचार गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। श्रीकेशको परिवारले डाक्टरहरुले लापरबाही गरेको आरोप लगाएका छन्। सम्बन्धित अस्पताल र डाक्टरलाई कारबाही गर्न मागसमेत गरिएको छ।