surkhet

गोलाप्रथाबाट पेशी तोक्ने नियमावली राजपत्रमा प्रकाशित

surkhet

काठमान्डौ – सर्वोच्च अदालतमा गोलाप्रथाबाट दैनिक पेसी तोक्ने व्यवस्थासहितको लागु गर्ने दोस्रो (संशोधन) नियमावली नियमावली राजपत्रमा प्रकाशित भएको छ।

यो संगै अब सर्वोच्च अदालतका पेसी गोलाप्रथाबाट तोकिनेछन् । गएको साता सर्वोच्च अदालतको १८ जना न्यायाधीशको फुलकोर्टले नियमावली संसोधन गरी कानुन मन्त्रालयमा पठाएको थियो।

Gorkha

राजपत्रमा प्रकाशित भएको उक्त नियमावली अब फुलकोर्टको निर्णयबाट लागु हुने फेरि पूर्ण बैठकले नै निर्णय गर्नुपर्ने सर्वोच्चका एक न्यायाधीशले बताए। यो नियमावली लागु भएसँगै सर्वोच्च अदालतको पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती हुने छ।

Dailekh

अब भने पेशीमा आएका समस्याहरूको समाधान गर्ने एउटा निर्देशन समिति बन्ने नियमावलीमा उल्लेख छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एसोसिएशनले दैनिक आन्दोलन गरिरहको छ।

salyan