दैलेखको नौमुले नेतृत्व चयनप्रती युवानेता किशोर सुवेदीको असन्तुष्टि

मंसिर ६, काठमान्डौ – नेकपा माओवादी केन्द्र नौमुले गाउँपालिका दैलेखको पालिका अध्यक्ष नेतृत्व चयनमा विवाद बल्झिएको छ।

तत्कालीन एकीकृत नेकपा माओवादी पार्टीको निर्वाचनबाट निर्वाचित जिल्ला सचिव भैसकेका छवि सुवेदीलाई जिल्ला पार्टी नेतृत्वले घेराबन्दी गरि नौमुले गाउँपालिकाको अध्यक्ष बनाएको भन्दै चौतर्फी विवाद भएको हो।

उनि माओवादी केन्द्र निकट नेपाल बुद्धिजीवी संगठन कर्णाली प्रदेशका संयोजक समेत रहेका छन्। ईमानदार ,बौद्धिक र प्रभावशाली ब्यक्ति केन्द्रिय नेता बन्ने बेला पार्टीले वेवास्था गर्दै पालिकाको अध्यक्ष बनाएकोमा चौतर्फी बिरोध र आलोचना भैरहेको छ।

माओवादी केन्द्रका ईमानदार ,बौद्धिक र प्रभावशाली ब्यक्ति सुवेदीलाईलाई जिल्ला पार्टी नेतृत्वले घेराबन्दी गरेर नौमुले गाउँपालिकाको अध्यक्ष बनाएको भन्दै प्रेस सेन्टर कर्णाली प्रदेश सदस्य समेत रहेका माओवादी केन्द्र दैलेख नौमुलेका प्रभावशाली युवा नेता किशोर सुवेदीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले सामाजिक संजाल फेस्बुक मार्फत लेखेका छन्।  जिल्ला पार्टीले ईमानदार र क्षमतावान ब्यक्तिलाई पाखा लगाउने उद्देश्य सहित प्रदेशको अध्यक्ष बन्ने क्षमता र योग्यता भएको एउटा बौद्धिक नेतृत्वलाई पालिकाको अध्यक्षमा जिम्मा दिएर आफ्नो असली रुप देखाएको छ ।

युवा नेता सुवेदीले पार्टीलाई प्रश्न गर्दै लेखेक छन्। हामीले गरेको राजनीतिक यात्रा उल्टो कि सुल्टो ? के सधैं सत्ता र शक्तिको बाघडोर दलाल र उनिहरुका मतियारले मात्रै नेतृत्व गर्नुपर्ने बाध्यता छ?

नेतृत्व आवश्यकता ,क्षमता र योग्यता अनुसार चयन गर्ने( जन्माउने ) होकि ? जब्बरजस्त लाद्ने हो ? हामीले आफू मात्रै नेता बन्ने (पिके प्रवृत्ति ) संस्कारको विकास गर्ने कि ,नयाँ पुस्ताको विकास संगै नयाँ नेतृत्व जन्माउने ?

उनले लेखेक छन्, नौमुले माओवादी राजनीतिले गम्भीर र निर्मम बन्नुपर्ने बाध्यकारी परिस्थिति सिर्जना गरेको छ। होसियार दलालका मतियार तिम्रो हुर्मत ,राजनीतिक तिकडम बारे अनविज्ञ छैन यो किशोर हेक्का रहोस्।।