सनक चडेपछि पाइलटले रुकुम उडेको जहाज नेपालगञ्जमा अवतरण गराइदिए यात्रुको बिजोक
मंसिर ७, काठमान्डौ – नेपाल एयरलाइन्सको एक जना पाइलटले आफ्नो ड्यूटी आवर सकिएको भन्दै रुकुम उडेको जहाज नेपालगञ्ज विमान्स्थलमा अवतरण गरिदिएका छन् ।
सन्की पाइलटले सोमबार रुकुम उडेका यात्रुलाई नेपालगञ्ज झारेर बिचल्ली पारिएको छ । नेपाल एयरलाइन्सको ट्विन अटर विमानका चालक पेम्बा शेर्पाले रुकुमका लागि उडान भरेको विमान नेपालगञ्जमा अवतरन गराईदिएका हुन ।
तीन बजे रुकुम उडान गर्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले स्वीकृत दिइसकेका थिए ।त्यसअघि जहाजमा रुकुम जाने सबै यात्रु बसिसकेका थिए ।
जहाज तोकिएको समयमै काठमाडौं एयरपोर्टबाट रुकुमका लागि उडेपनि तर गन्तव्यमा भने पुर्याइएन ।विशेष कारणवस जहाजलाई नेपालगञ्ज अवतरण गरिएको हो । तर,पाइलट शेर्पाको ड्युटी आवर सकिएका कारण जहाजलाई नेपालगञ्ज अवतरण गरिएको हो।
पाइलट शेर्पाले आफ्नो ड्यूटी ४ बजे सकिने र करिब त्यही समयमा जहाज नेपालगञ्ज विमानस्थल माथि पुगेकाले आफ्नो ड्यूटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गरिदिएका हुन् ।
निगम स्रोतले भन्यो, “पाइलटको ड्यूटी सकिएको भन्दै रुकुम जाने जहाजलाई नेपालगञ्जमै अवतरण गरिदिए । उनको सनकका कारण रुकुम उडेका यात्रुले सास्ती भयो । यात्रुलाई होेटेलमा राख्नुपर्दा निगमलाई आर्थिक नोक्सानी ।”
यता, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पाइटलको ड्यूटी आवर एवम् मौसमका कारण रुकुम उडेको जहाज नेपालगञ्ज अवतरण भएको बताए ।
“सो जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्नुको कारण पाइलटको ड्यूटी आवर र मौसम पनि थियो,” उनले भने ।निगमका अनुसार नेपालगञ्ज अड्किएका यात्रुलाई मंगलबार विहान रुकुम पुर्याइएको छ ।जहाज फाईल तस्विर