Simta
Simta
lekbesi

श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार जान नमिल्ने ,,

Gurvakot

असार,७ काठमाडौं – सरकारले श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने तयारी गरेको छ । अहिले मलेसिया जान अबरुद्द छ। श्रम, रोजगार र सामजिक सुरक्षा मन्त्रालयले हाल अवैध र एकपक्षीय रुपमा उठाइँदै आएको शुल्कहरु खारेज नगरेसम्मका लागि भन्दै मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोकेको छ ।

अब यो अवस्थामा मलेसियासँग श्रम सम्झौताकै ‘नेगोसियसन’ गर्ने आन्तरिक तयारी गरिएको मन्त्रालय स्रोतले जानकारी दियो । विज्ञहरूले यही समयमा श्रम सम्झौता पनि टुंगोमा पुर्याउन माग गरिरहेका छन् ।

मलेसियासँग धेरैपटक श्रम सम्झौताका लागि छलफल भएका छन् । दुई पक्षले सम्झौताको मस्यौदा आदान-प्रदान गर्ने क्रम लामो समयदेखि चलिरहेको छ । यस्तो सम्झौतामा कामदारको न्यनतम् तलब, सुविधा, बीमा, सुरक्षा, लागत सहित रोजगारदताको र सम्बन्धित देशको जिम्मेवारी लगायतका विषय समेटिएका हुन्छन् ।

lekbesi

सम्झौताका लागि नेपालले राखेका विभिन्न मागमा मलेसिया सरकारले उदाशीनता देखाउँदै आएको छ । कामदारको हितमा रहने गरी श्रम सम्झौता गर्ने सरकारको अडानमा मलेसिया सरकारले पूर्णसहमति जनाइसकेको छैन । नेपाल सरकारले पनि जोड लगाएर कहिले पनि छलफल चलाएको थिएन ।

अब अतिरिक्त शुल्कको सवालमा मलेसिया जाने प्रक्रिया अवरुद्ध भएको समयमा नै श्रम सम्झौतालाई टुंगोमा पुर्‍याउने मुडमा देखिएका छन्, श्रममन्त्री गोकर्ण बिष्टले भने ।

मलेसियाले नेपालिलाई कामदार लैजाने निहुमा दुख दियको देखिन्छ ।, मेडिकलको नाममा बायोमेट्रिक लागु गर्ने नेपालका म्यानपावोर वयवसाईले चर्को मूल्य असुल्ने ईजिसि जस्ता लागु गरि दुख दियको देखिन्छ ।,कामदारले तिरेको गयर वर्षौ सम्मपनि उठाउन मुस्किल हुन्छ ।

, नेपालिले पायको रकम बाटपनि मलेसिया सरकारलाई लेबी तिर्ने ,बत्ति पानिको पैसा लागायत अन्य खर्चले गर्दा उनीहरुलाई निकै दुख देखिन्छ। , यो विषयमा सरकारले पहिले नै सम्झौता गर्ने भने पनि मलेसियाले आनाकानी गरेर टार्दै आयको छ ।अब हने यसको टुंगो नलागे सम्म नेपालि कामदार नपठाउने सरकारले निर्णय गरेको छ।

Simta