surkhet

नेपालगञ्ज विमानस्थलमा जहाज बँदेल देखि स्यालसंग ठोक्किन थाले

surkhet

मंसिर ९,नेपालगन्ज -नेपालगञ्ज विमानस्थलमा जहाज कहिले बदेल कहिले चरा त कहिले स्यालसंग ठोक्किने गरेका छन । केही समय अगडी विमानस्थलमा जहाज तिनवटा बदेलसंग ठोक्किएको थियो ।

जहाजको नोजमा क्षति पुगेको थियो, उक्त दुर्घटनामा यात्रु भने सकुशल रहेका थिए ।यस्तै हिजो मात्र काठमान्डौबाट नेपालगञ्जको लागि उडान भरेको बुद्ध एयरको जहाज विमानस्थलमा स्यालसंग ठोक्किन पुगेको थियो।

Gorkha

बुधबार साँझ एटिआर–७२ को जहाज सात बजेर सात मिनेट जाँदा विमानस्थलनमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो ।

Dailekh

अवतरणका क्रममा स्यालसँग ठोक्किएको विमानमा सामान्य क्षति भएको तर, यात्रुहरु भने सकुशल रहेको बाँके प्रहरी कार्यालयले जनाएको छ ।

विमानस्थल वरिपरि झाडी र जङ्गल भएको हुँदा उक्त समस्या आएको भन्दै केही हप्ता अगाडी झाडी फडानी गर्ने गरिएको थियो । तर पनि हिजो बुद्द एयरको जहाज स्यालसंग ठोक्किन पुगेर ठुलो दुर्घटनाहुनबाट बचेको छ ।

 

 

salyan