Gold

मुलपानीमा प्रहरीको गोलि लागेर एक जना लुटेरा घाईते ,,

Naumule Migrate

असार ७ ,काठमाडौं – काठमाडौंको मुलमानीमा प्रहरीले गोली चलायको छ। महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले
बिहिबार साँझा लुटेरालाई पक्राउ गर्न खोज्दा राति लुटेराले प्रहरीमाथि आक्रमण गरे पछि विरुद्दमा प्रहरीले गोलि चलायको अपराध मशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताउनुभयो ।

लुटेराको आश्विन भनिने अमरबहादुर तामाङको दाईने खुट्टामा गोलि लागेको छ उनको दाइने खुट्टाको घुडामा दुई राउण्ड गोली लागेको छ। घाइते तामाङलाई उपचारका लागि प्रहरीले वीर अस्पतालस्थित ट्रमा सेन्टरमा पुर्याएको छ। सिंहका अनुसार तामाङ विभिन्न ठगी मुद्दामा यसअघि साँखुमा १८ लाख डलर लुटिएको काण्डको फरार सूचीमा थिए। उनी शृङखलाबद्ध अपराधमा संलग्न रहेको प्रहरीको दाबी छ।।

सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका तामाङलाई प्रहरीले मुलपानीको अर्याल गाउँ नजिकै (जम्मुडाँडा) भन्ने ठाउँमा गोली हानेको हो। अबैध डलरसहित हिँडिरहेको सुराकीको आधारमा महानगरीय मशाखाकाको टोली तामाङलाई पक्राउ गर्न मुलपानी पुगेको थियो। प्रहरीलाई देख्ने बित्तिकै भाग्न खोजेपछि प्रहरीले गाेली चलाएको हो।

प्रहरीले उनको साथबाट बाहिर ५० डलर र भित्र एकएक डलर राखेर बनाएको सात मन्डल रकम फेला पारेको छ।

Naumule Badhipahiro