एमालेले महाधिवेशनमा सर्वसाधारणलाई पाँच सय नगद र मासु भात खुवाउने प्रलोभन

चितवन् – नेकपा एमालेले महाधिवेशनमा आउनेलाई रु ५०० नगद दिने र होटेलमा मासु भात खुवाउने भनेपनि त्यसो नगर्दा सर्वसाधारणहरुले गुनासो पोखेका छन।

यसो त एमाले अध्यक्ष केपि ओलीले महाधिवेशनमा आउने लाई चितवनका होटेलमा ५ हजार कोठा बुक गरेको र नस्ता खाना मासु रक्सी बियरको मेनुनै सार्वजनिक गरेका थिए ।

तर तराई क्षेत्रका सोझासाझ नागरिकलाई पैसा र खानाको लोभ देखाएर ४ घन्टा सम्म यात्रा गरेर आएपनि उनिहरुले खान समेत नपाएको गुनासो गरे ।

सप्तरीबाट आएका एक सर्वसाधारणले भने नेताले गाडीमा आउने जाने फ्री हो पाँचसय नगद पाउनुहुन्छ अनि मासु भात छ भनेर ल्याउनु भएको हो ।

किशोर उमेरकादेखि साठी कटेका वृद्धवृद्धासम्मले खाजा समेत खान नपाएको गुनासो गरेका छन । एमालेको झन्डा बोक्नुपर्छ भनेर भने घरको काम छोडेर आईयो ।

पाँच सय मिल्छ गाडिमा आउने जाने अनि खाना फ्री भनेर ल्याएका हुन । तर त्यसो केही हुन सकेन ।नारायणी नदी किनारमा भेटिएका सहाय यादवले भने ।

कतिपयले जबरजस्ती स्थानीय नेताले आफूहरुलाई ल्याएको गुनसोा गरेका छन् भने कतिले त कहाँ आएको समेत पत्तो पाएका छैनन्।उनीहरुले नेताले भनेपछि आउन बाध्य भएको गुनासो गरे ।

कतिले भने भारतीय योगगुरु बाबा रामदेवलाई हेर्न पाईने भने पछि चितवन् आएको बताउने गरेका छन ।

चितवनको नारायणगढ क्षेत्र नारायणी नदी किनारमा एमालेल आजदेखि १० औ महाधिवेशन गरेको छ ।