surkhet

हतारो नगरौं फेरि पनि पालो आउँछ : केपी ओली

surkhet

काठमान्डौ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धा मात्र नबुझ्न आग्रह गरेका छन्।

दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले सबैको पालो आउँछ भन्दै अहिले एकतामा प्रतिकूल असर नपार्न नेताहरुलाई हतारो नगर्न आग्रह गरे । अस्वस्थ प्रतिस्पर्धा र अस्वस्थ प्रतिस्पर्धाले संस्थालाई नोक्सान पार्ने गतिविधि नगरौं।

Gorkha

कसै न कसैले कुनै न कुनै ठाउँमा जिम्मेवारीहरु सम्हाल्नुपर्छ ओलीले भनेका छन्। सानो देश भएपनि यतिधेरै पालिकाहरु छन्, प्रदेशसभाहरु छन्, प्रतिनिधिसभा छ ,राष्ट्रिय सभालगायत निकायहरुछन् कहिँ न कहिँ सबैको पालो आउने उनले आस्वासन दिए।

Dailekh

अहिले सिंगो देशले हामीलाई हेरिरहेको छ। लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धा मात्र बुझ्ने र प्रतिस्पर्धालाई अस्वस्थ्य बनाउने काम नगरिदिन उनले नेता कार्यकर्तालाई आग्रह गरेका हुन्।

salyan