१९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्तावको जिम्मा ओलीलाई
काठमान्डौ – नेकपा एमालेका १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाइ दिईएको छ।
चितवनको सौराहामा जारी १० औ महाधिवेशन बन्दसत्रको सिंगो हलले अध्यक्ष ओलीलाई उक्त जिम्मेवारी दिएको हो ।
सिंगो हलले अध्यक्ष केपी शर्मा ओलीलाई १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी दिएको छ’ केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङक अनुसार बन्दसत्र अहिले जारी रहेको छ । यस्तै सहमतिमा नेतृत्व चयन हुने र भोलिनै महाधिवेशन सकिने तामाङले बताए।
