चलचित्र थ्री इडियट्सको सिक्बेल बन्ने अमिरखान दोहोरिन्छन या नही ,,

असार ८ – एक दशक अगाडिको ब्लकबस्टर बलिउड फिल्म थ्री इडियट्सको सिक्वेल बन्ने भएको छ । निर्देशक राजकुमार हिरानीले यसको पुष्टि गरेका हुन् ।

थ्री इडियट्स आमिर खानको उत्कृष्ट फिल्महरुमध्येमा पर्छ । फिल्मले व्यवसायिकरुपमा सफलताको किर्तिमान राखेको थियो भने समिक्षकहरुले पनि फिल्मको प्रशंसा गरेका थिए । अब यो फिल्मको सिक्वेल बन्ने भएपछि आमिरका फ्यानहरु पक्कै पनि उत्साहित हुनेछन् ।थ्री इडियट्स चर्चित लेखक चेतन भगतको उपन्यासमा आधारित थियो । तर, यसको सिक्वेल भने मौलिक हुने हिरानीले जानकारी दिएका छन् ।