अध्यक्ष पदमा ओली र भीम रावलबिच प्रतिस्पर्धा हुँदै

मंसिर १३, काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले अध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गराएका छन् ।
रावलले हिजो मध्यराति अध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।यसअघि अध्यक्ष मण्डलको बैठक बसेको थियो ।

उक्त बैठकमा सहमति नभएपछि निर्वाचन आयोगले आफ्नो काम अघि बढाएको थियो । अध्यक्षमा आफ्नो मनोनय गराएपछि रावलले आफूले दाबी र घोषणा गरेअनुसार नै अध्यक्षका लागि मनोनयन दिएको जनाए ।

अध्यक्ष पदमा रावलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गर्ने बुझिएको छ ।
