अपराधिक गतिविधिलाई निरुत्साहित गर्न टोलवासीकै अग्रसरतामा ‘टोलटोलमा प्रहरी’ कार्यक्रमको सुरुवात
सुर्खेत प्रहरीले ‘टोलटोलमा प्रहरी’ कार्यक्रमको सुरुवात गरेको छ । अपराधिक गतिविधिलाई निरुत्साहित गर्न टोलवासीकै अग्रसरतामा यो कार्यक्रमको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख उमा प्रसाद चर्तुवेदिको भनाई छ ।
सामाजिक सद्भाव खल्बलीने गरि हुने विभिन्न घटनालाई घट्नु भन्दा पहिले नै रोक्नका लागी यो अभियानले सहयोग पु¥याउने उहाले बताउनु भयो ।
चालु आर्थीक वर्षको यो अवधि सम्म सुर्खेत प्रहरीले करिव २५ हजार लिटर घरेलु मदिरा र त्यसमा प्रयोग हुने करिव ३४ हजार लिटर कच्चा पदार्थ बरामद गरि नियन्त्रणमा लिएको जनाएको छ । यस्तै प्रहरीले चालु आर्थीक वर्षको यस अवधि सम्म ४१ ग्राम व्राउन सुगर सहित ४४ जना लाई प्रक्राउ गरेको छ । ३० वटा मुद्धा चलाइएको चर्तुवेदिले बताउनुभयो । ५८ किलो ५ सय ग्राम चरेस प्रक्राउ गर्न सफल प्रहरीले २ वटा मुद्धा दर्ता गरेको छ । दुर्ब्ययसनिका अखडाहरुबाट नियन्त्रणमा लिइएका ३ सय ९५ जना लाई अभिभावकको रोहवरमा छोडिएको प्रहरीको तथ्याङ्कमा छ ।
आत्महत्या को स्थीति पनि भयावह रहेको तथ्याङले देखाएको छ । चालु आर्थीक वर्षको यो अवधि सम्म ५६ जना झुण्डियर , १७ जना विष सेवन गरेर र १ जनाले पानिमा हाम फालेर आत्म हत्या गरेका छन ।
सामाजिक विकृति रुपमा रहेकोे योनधन्दा पनि प्रहरीको विषेश निगरानिमा रहेको प्रमुख चर्तुवेदिले बताउनु भयो । आज जिल्ला प्रहरी कार्यालयमा आयोजित अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा चर्तुवेदिले ‘टोलटोलमा प्रहरी’ अभियान कार्यक्रमलाई नागरिकले सहयोग गरे सामाजिक विकृतिमा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।